Logo

मुख्य समाचार

एनआरएनए मुख्यालयमा बद्रि केसी र महेश बस्नेतकै सामु युथ फोर्सबाट कुटिए पत्रकार


gdpnepal
   १४ कार्तिक २०८०, मंगलबार


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को मुख्यालय यतिबेला नेकपा एमालेनिकट युथ फोर्सको कब्जामा रहेको अर्को पक्षले जनाएको छ ।

एनआरएनए निर्वाचनको परिणामपछि दुई प्रत्यासीले आफूलाई अध्यक्षको घोषणा गर्दै हिँडिरहेका बेला एमाले निकट युवासंघको लडाकु दस्ता युथ फोर्सले बालुवाटारस्थित एनआरएनए कार्यालय नियन्त्रणमा लिएको हो ।

मंगलबार एनआरएनए मुख्यालय पुगेका नेपाल पत्रकार महासंघ बेल्जियम शाखा अध्यक्ष ओम शर्मामाथि युथ फोर्सका कार्यकर्ताले कुटपिट गरेका छन् । शर्मा कार्यालयमा रिपोर्टिङका लागि पुगेका बेला एमाले नेता महेश बस्नेत र ‘विवादास्पद’ निर्वाचनपछि आफूलाई अध्यक्ष दावी गर्दै आएका बद्रि केसीबीच बैठक चलिरहेको थियो ।

घाइते शर्माका अनुसार एनआरएन कार्यालयमा युथ फोर्सका कार्यकर्ता देखेर उनले फोटो खिचेसँगै उनीमाथि भौतिक आक्रमण भएको थियो ।

आफूले खिचेको फोटो मोबाइल खोसेर डिलिट गरिएको तथा होहल्ला भएपछि बद्रि केसीले कार्यालय छाडेर हिँडेको उनको भनाइ छ ।

शर्माका अनुसार कार्यालयमा ५०/६० को संख्यामा युथ फोर्स तैनाथ गरिएका छन् ।

संघमा बद्री केसी र आरके शर्मा दुवैले आफूलाई अध्यक्ष दावी गरिरहेका छन् ।

युथ फोर्सको कुटाइबाट घाइते पत्रकार शर्मा

प्रकाशित : १४ कार्तिक २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह