काठमाडौँ । नेपालको नवीकरणीय ऊर्जामा हरित लगानी प्रवद्र्धन गर्ने उद्देश्यले पेरिस सम्झौताको भावनाअनुसार कार्बन उत्सर्जन घटाएर हरित र दिगो अर्थतन्त्र निर्माणका लागि नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जाको क्षेत्रमा सहकार्यको प्रयास भएको छ । बेलायतको संयोजनमा आगामी नोभेम्बर १ देखि १२ सम्म स्कटल्याण्डको ग्लास्गो शहरमा आयोजना हुने राष्ट्रसङ्घीय जलवायु सम्मेलनको पूर्वतयारी स्वरूप उक्त छलफल आयोजना…