काठमाडौं । वैशाखमा लगानी सम्मेलनको तयारीमा जुटेको सरकारलाई वैदेशिक लगानीको निराशाजनक तथ्यांकले चुनौती थपिदिएको छ । माघ महिनामा जम्मा १५ परियोजनाका लागि ३४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ । माघको एफडीआई स्वीकृति चालू आवको त सबैभन्दा कम हुँदै हो, गत आवमा पनि यति न्यून परिमाणमा कुनै महिना…