सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले देशैभर जग्गाको कित्ताकाट खुला गर्ने बताए । उनले घरजग्गाको बिक्रि मूल्यलाई यथार्थपरक बनाउन महानगर पालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागु गरिने समेत बताए ।