काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८१/८२ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सार्वजनिकीकरण गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ६१ खर्ब ७ अर्ब हुने अनुमान गरिएकोमा बागमती प्रदेशले ३६.५२ प्रतिशत योगदान गरेको छ । दोस्रोमा रहेको कोशी प्रदेशले १५.९० प्रतिशत, तेस्रो लुम्बिनी प्रदेशले १४.२३…