काठमाडौं । होटल संघ नेपालले होटल क्षेत्रलाई विशेष उद्योगसरह कर्जाको साँवाव्याज भुक्तानी गर्न पाउने व्यवस्थाका लागि आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँगको भेटमा संघले मागको अनुपातमा होटेल रुमहरुको अत्यधिक आपूर्ति रही क्षमताको एक तिहाई मात्र माग रहेको स्मरण गराउँदै यस्तो माग गरेको हो । नियमित किस्ता र नियमित व्याज भुक्तान…