काठमाडौं । नेपाल चीन सिमानाको केरुङ पुल बाढीले बगाएको छ ।
चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको हो ।
बिहान ३ बजे आएको भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको जनाइएको छ ।
बाढीले भन्सार (ड्राइपोर्ट) क्षेत्रमा पनि क्षति पुर्याएको र त्यहाँ जाँचपासका लागि राखिएका ईभी गाडीहरु पनि बगाएको खबर छ ।
जिल्ला प्रशासन कार्यालयले अचानक बाढी आएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ ।










प्रतिक्रिया