काठमाडौं । मुलुकमा हालसम्म पनि निर्यातसम्बन्धी नीति बन्न नसकेका कारण निकासी व्यापारले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्दै निजी क्षेत्रले निर्यात नीतिको माग गरेको छ । निर्यातसम्बन्धी ठोस नीति नहुँदा राज्यका निकायहरुबीच समन्वय अभाव रहेको तथा निजी क्षेत्र समेत अलमलमा परेको भन्दै यस्तो नीतिको माग गरिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले बताए ।…