Logo

अर्थनीति

सचिव सरुवामा सरकारको उथलपुथलः गठबन्धन फेरिएपछि महिनामै दर्जनको रेकर्ड


gdpnepal
   १९ चैत्र २०८०, सोमबार


काठमाडौँ । पुष्पकमल दाहाल नेतृत्वको सरकारले सचिव सरुवामा रेकर्ड राख्नेगरी जिम्मेवारी हेरफेर गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको रुचिमा गृहसचिव फेरेर सुरु भएको सचिव सरुवाको क्रम पछिल्लोपटक एकै दिन १० सचिवको जिम्मेवारी हेरफेर गरेर प्रशासनतन्त्रमा उथलपुथल ल्याएको छ ।

फागुन अन्ति साता गृहसचिवमा एक नाारायण अर्याललाई ल्याएको सरकारले तत्कालीन गृहसचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री कार्यालय लगिएको थियो ।

माओवादी सरकारमा निकै शक्तिशाली मानिएका कृष्णबहादुर राउतले उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयको उद्योगतर्फको जिम्मेवारी पाएका छन् । उनले ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाइए पनि पदमुक्त हुनु नपर्ने भन्दै शक्तिशाली मन्त्रालय पाउँदै आएका छन् । सञ्चार मन्त्रालयका लामो समय रहेका राउत यसअघि भने वित्त आयोगमा सचिव थिए ।

उद्योग मन्त्रालयमा उद्योग हेर्ने सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपतिको कार्यालय पु¥याइएको छ भने वाणिज्य तथा आपूर्ति हेर्ने नारायण प्रसाद शर्मा दुवाडी निर्वाचन आयोगमा सरुवा भएका छन् । उनीहरु दुवै कांग्रेस निकट मानिएकै कारण अनाकर्षक ठाउँमा फालिएका हुन् ।

मधेस प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूति मन्त्रालय(वाणिज्य) सचिवमा सरुवा भई आएका छन् । वाणिज्य सचिव आकर्षक पद मानिन्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हालेका बेला नारायणकाजी श्रेष्ठले ल्याएका सचिव केशव कुमार शर्माको बल्ल सरुवा भएको छ । उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लगिएको छ ।

ऊर्जासचिव गोपाल प्रसाद सिग्देलले भौतिक पूर्वाधार सचिवको जिम्मेवारी पाएका छन् ।

जल तथा ऊर्जा आयोगको सचिवालयकी सचिव सरिता दवाडी सिँचाइमा लगिएको छ । त्यहाँ कार्यरत सुशील चन्द्र तिवारीलाई ऊर्जा आयोगमा पठाइएको छ ।

उपराष्ट्रपतिको कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा सरुवा भएका छन् । उनले सचिव भएपछि पहिलो पटक मन्त्रालय पाएका हुन् ।

बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्यायले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवको जिम्मेवारी पाएका छन् ।

प्रकाशित : १९ चैत्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह