Logo

अर्थनीति

अख्तियारले प्रमुख आयुक्त राईलाई जोगाएर वाइडबडीमा ३२ जनालाई मुद्दा चलायो !


gdpnepal
   २२ चैत्र २०८०, बिहिबार


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार राईलाई जोगाएर वाइडबडी जहाज खरिद प्रकरणमा अन्यलाई भने भ्रष्टाचार मुद्दा चलाइएको छ ।

राई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त छन् । आयोगले नै वाइडबडी खरीदमा भ्रष्टाचारको अनुसन्धान र विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले आफ्नै प्रमुख जोडिएको मुद्दामाथि गरेको अनुसन्धान आफैंमा प्राकृतिक न्यायको सिद्धान्त विपरीत देखिएको छ ।

राई २०७२ साल माघ १८ देखि २०७३ को भदौ २७ गतेसम्म पर्यटन मन्त्रलायको सचिव थिए । तत्कालीन सचिव राईले २०७३ वैशाख २ गते विमान खरिदका लागि उपसमिति गठन गरेका थिए ।

पर्यटन मन्त्रालयमा रहँदा उनले नेपाल वायु सेवा निगमको विनियमावली मिचेर वाइडबडी विमान खरिद गर्न प्रक्रिया अगाडि बढाएको तत्कालीन संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले ठहर गरेको थियो ।

बिहीबार अख्तियारले दायर गरेको मुद्दामा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, सचिव शंकर अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलगायतलाई विपक्षी बनाइएको छ ।

अख्तियारले वाइडबडीमा १ अर्ब ४७ करोड भ्रष्टाचार भएको आरोप लगाएको छ , जसमा ३२ जना प्रतिवादी बनाइए पनि राईको नाम छैन ।

प्रकाशित : २२ चैत्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह