Logo

अर्थनीति

नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण


GDP नेपाल
   २० चैत्र २०८०, मंगलबार


चालु आर्थिक वर्ष २०८१/८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत मात्रै हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

मंगलबार ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंक सो प्रक्षेपण गरेको हो । गत जनवरीमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले अहिले भने केही घटाएको हो ।

यस तर सरकारले भने चालू आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ।

गत आव २०७९/८० मा नेपालको आर्थिक वृद्धि २.२ प्रतिशत थियो । यो वर्ष मूल्यवृद्धि ६.७ प्रतिशतमा सीमित हुने तथा आगामी वर्षहरूमा क्रमशः ६ प्रतिशत र ५.५ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ ।

यस्तै, आगामी आर्थिक वर्ष नेपालको अर्थतन्त्र ४.६ प्रतिशतले विस्तार हुने विश्व बैंकको प्रक्षेपण छ ।

प्रकाशित : २० चैत्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह