यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुवास सापकोटा नियुक्त भएका छन् । सीईओ पदमा नियुक्त भएका सापकोटाले सोमबारदेखि नै कार्यभार सम्हालेका छन् । यसअघि उनी इसेवामा कार्यरत थिए । यसैबीच यति एयरलाइन्सले आइपीओमा जाने गरी नयाँ साझेदार भित्र्याएको छ । सोमबारबाट औपचारिक रूपमा एसियन लाइफले ४९ प्रतिशत सेयर स्वामित्व लिएर यति एयरलाइन्स प्रवेश गरेको हो…