नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ९ हजार २०० रुपैयाँमा कारेबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ। महासंघका अनुसार आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ ।…