देशभरका सुनचाँदी तथा रत्न, पत्थर व्यवसायीहरुको छाता संस्था नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा सुरेशमान श्रेष्ठ र्निविरोध निर्वाचित हुनुभएको छ । आउँदो शनिबार २४ पुष मा हुन गइरहेको वार्षिक साधारण सभाको निर्वाचनका लागि आज मंगलबार दुई बजेसम्म उम्मेदवारीको समय रहेता पनि सो समय भित्र उहाँको मात्र अध्यक्ष पदमा उम्मेदवारी परेपछि उहाँ र्निविरोध अध्यक्ष बन्न…