काठमाडौं । नेपाल रत्न तथा आभूषण सङ्घले नेपाली गरगहनालाई विश्वबजारमा प्रवर्द्धन गर्ने उद्देश्यले यही पुस २५ देखि २७ गतेसम्म राजधानीमा तेस्रो ‘नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजना गर्ने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने उक्त महोत्सवमा नेपाली गरगहनाको विशिष्ट मौलिक एवं सांस्कृतिक पक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गरिने सङ्घका अध्यक्ष जोत्स्ना श्रेष्ठले…