विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको पक्षमा उभिएसँगै निजी क्षेत्रमा टिकाटिप्पणी सुरु भएको छ । विराटनगरमा बिहीबार पूर्वअध्यक्ष पशुपति मुरारकासँगै कार्यकारिणी समितिका प्रभावशाली सदस्य तथा उपाध्यक्षका आकांक्षी अञ्जन श्रेष्ठ, अर्का आकांक्षी दिनेश श्रेष्ठलगायत दुई पूर्वअध्यक्ष समेतको उपस्थितिमा गोल्छा प्रधानको पक्षमा खुलेरै प्रस्तुत भए ।…