काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न ७० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो। उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज दिउँसो २ बजे बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्…