काठमाडौं । जिल्ला अदालत काठमाडौंले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । गुरुङसहित सबै प्रतिवादीहरु धरौटीमा रिहा हुने भएका छन् । अदालतको आदेशअनुसार १७ अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । प्रतिवादी केशव दुलाललाई भने साधारण तारेखमा छाड्ने आदेश दिइएको…