काठमाडौं । बहुचर्चित एवं विवादास्पद एमडीएमएस र टेरामक्स लगायतका प्रकरणमा मुछिएका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथिको छानबीन अन्तिम चरणमा पुर्याएको बेला खनालले राजीनामा दिएका हुन् । आफूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएमा स्वतः निलम्बनमा पर्ने अवस्थामा उनले सहानुभूति बटुल्न राजीनामा गरेको जानकारहरु बताउँछन् । खनालले…