Logo

बिजनेस होम

नाडा कार्यसमितिलाई पूर्णताः गोल्छा वरिष्ठ उपाध्यक्ष, श्रेष्ठद्वय बने उपाध्यक्ष


gdpnepal
   २२ पुस २०८०, आइतबार


काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको कार्यसमितिले आइतबार पूर्णता पाएको छ । अध्यक्षमा करण चौधरी यसअघि नै निर्विरोध निर्वाचित भए पनि सदस्यहरुमध्येबाट पदाधिकारी आइतबार अधिकांश सर्वसम्मत र केही निर्वाचनका माध्यमले चयन भएका हुन् ।

नाडाको वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा चयन भएका छन् भने उपाध्यक्षमा निराकार श्रेष्ठ र राजनबाबु श्रेष्ठ चयन भएका छन् ।

महासचिवमा सुरेन्द्रकुमार उप्रेती र सचिवमा विक्रम सिंघानिया निर्वाचित भए । सिंघानिया भने प्रतिस्पर्धी यमुना श्रेष्ठलाई हराउँदै विजयी भएका हुन् ।

नाडाको कोषाध्यक्षमा मिलनबाबु मल्ल र सहकोषाध्यक्षमा पंकज अग्रवाल चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा दीपेन्द्रकुमार मिश्र, कपिल शिवाकोटी, नवराज भुसाल, सुनिल रिजाल, प्रदीपमान प्रधान, सन्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की र प्रकाश कपुरी चयन भएका छन् ।

कार्यसमितिले मेघराज पौडेल, निलमणि पाठक र सोहन श्रेष्ठलाई सदस्यमा मनोनित गरेको छ ।

प्रकाशित : २२ पुस २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह