काठमाडौं । नेपाल मिडिया काउन्सिलको अध्यक्ष र सदस्यहरु छान्ने अधिकार राष्ट्रियसभा अध्यक्ष संयोजक रहेको एक समितिले पाउने भएको छ । सरकारले छलफल र सुझावका लागि सार्वजनिक गरेको प्रस्तावित ‘नेपाल मिडिया काउन्सिल ऐन, २०८०’को व्यवस्थाअनुसार संसदको माथिल्लो सदन राष्ट्रियसभा अध्यक्षसहितको समिति बन्ने भएको छ । मिडिया काउन्सिलको अध्यक्ष र सदस्य नियुक्तिको लागि सिफारिस गर्न राष्ट्रिय सभाका…