नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
यस कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैंठकले लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव अर्थ मन्त्रालयबार स्वीकृति भएपछि साधारण सभामा पेश हुनेछ । सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७८(७९ मा पनि ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया