Logo

मुख्य समाचार

३२ अंले घट्यो सेयर बजार, ६ अर्ब २७ लाखको कारोबार


GDP नेपाल
   ५ पुस २०८०, बिहिबार


बिहिबार सेयर बजार परिसूचक नेप्से ३२.७७ अंकले घटेर दुई हजार १०९.१० विन्दुमा पुगेको छ ।

बैंकिङ २३, विकास बैंक १३५, फाइनान्स ५८, जलविद्युत् ७, जीवन बीमा ३२९, माइक्रोफाइनान्स ७८, अन्य २३, होटल तथा पर्यटन १७८ र निर्जीवन बीमा उपसमूह ८२ अंकले घटेको छ । त्यस्तै, उत्पादन १४२ र व्यापार उपसमूह १७ अंकले बढेको छ ।

आज बोटलर्स नेपाल बालाजु, आशा लघुवित्त, धौलागिरि लघुवित्त, बीपीडब्लू लघुवित्त, चिरख्वा हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा, मुक्तिनाथ कृषि कम्पनी, नेपाल रिपब्लिक मिडिया, माण्डु हाइड्रोपावर र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सूर्याज्योति लाइफ इन्स्योरेन्सको सेयर ७ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३०४ कम्पनीको एक करोड ७१ लाख कित्ता सेयर ६ अर्ब २७ लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ५ पुस २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह