नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार सात सय रुपैयाँले घटेर १ लाख ११ हजार ६०० रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार तोलामा ८०० रुपैयाँले बढ्दै छापावाल सुन…