Logo

अर्थनीति

लम्पीस्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु, १५ लाख पशु सङ्क्रमित


gdpnepal
   २१ भाद्र २०८०, बिहिबार


काठमाडौं । महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको सरकारले जनाएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गरे।

हालसम्म उपचार पश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको उनको भनाइ छ ।

रोगको सङ्क्रमणबाट हालसम्म ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यानिन्त्रकिकरण गर्ने सरकारको नीति भएको बताए । यो नीति प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ७७ वटै जिल्लामा सञ्चाललित भएको उनको भनाइ छ ।

“माटो परीक्षण, रोग, कीरा परीक्षण, रोग निदानका साथै किसान, कृषि फार्म, कृषक समूह, सहकारीलाई प्राविधिक तालिम दिइएको छ,” उनले भने ।

सांसद दीलेन्द्रप्रसाद बडूले गरेको प्रश्नको जवाफ दिँदै उनले स्वदेशमै रासायनिक मल उत्पादन गर्ने सवालमा अध्ययन भइरहेको बताए भने सांसद प्रेम सुवालले नेपालमा कृषि यान्त्रिकिकरण किन हुनसकेको छैन भनी प्रश्न गरेका थिए ।

प्रकाशित : २१ भाद्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह