Logo

मुख्य समाचार

नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३६ अर्ब ६६ करोडको बजेट


GDP नेपाल
   २१ भाद्र २०८०, बिहिबार


नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । साउन १, २०८० देखि नै कार्यान्वयनमा जाने बजेट ल्याउन केही ढिला भए पनि प्राधिकरण सञ्चालक समितिले मंगलबार आर्थिक वर्ष २०८०र८१ बजेट पास गरेको हो ।

अघिल्लो वर्षको तुलनामा प्राधिकरणको बजेट ५ अर्ब १९ करोडले घटेको छ । प्राधिकरणले अघिल्लो आर्थिक वर्ष ४१ अर्ब ८५ करोडको बजेट ल्याएको थियो।
गौतमबुद्ध र पोखरा विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेकाले यो वर्ष केही बजेट घटाइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

चालु आर्थिक वर्षका कूल ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको बजेट ल्याएको प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलबाट १५ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गर्ने जनाएको छ । थप नेपाल सरकारबाट सेयर बापत प्राप्त गर्ने र ऋण बापतको समेत गरी ६ अर्ब ६४ करोड विनियोजन भइसकेको छ ।

हाल प्राधिकरणको विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी ६ अर्ब ७ करोड बैंक मौज्दात रहेको प्राधिकरणले जनाएको छ ।

यता सरकारबाट मूल्य अभिवृद्धि करबापत् फिर्ता पाउनुपर्ने २ अर्ब ३४ करोड रुपैयाँ र २०८० साउन १ को पेस्कीबापतको मौज्दात रकम ४ अर्ब ८५ करोड गरी ३६ अर्ब ६६ करोड रुपैयाँ स्रोत भर्ना हुने प्राधिकरणको भनाइ छ ।

यो वर्ष प्राधिकरणले विमानस्थल पूर्वाधार तथा विकास निर्माणमा १९ अब खर्च गर्ने जनाएको छ । दैनिक कार्य सञ्चालन तथा कर्मचारी अवकाश र चालु खर्च शीर्षकमा प्राधिकरणले ४ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

नेपाल सरकारलाई लाभांशबापत २९ करोड बुझाउने, कर्मचारीलाई बोनसबापत ५ करोड ८९ लाख वितरण गर्ने, आयकर व्यवस्थामा २ अर्ब १३ करोड, स्थिर सम्पत्ति प्रतिस्थापन कोषमा १ अर्ब ६३ करोड र वायु यान सञ्चालन कोषको ननअपरेटिभ खातामा ८२ करोड गरी ३६ अर्ब ६५ करोड उपयोग ९व्यय० तर्फ विनियोजन गरिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : २१ भाद्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह