काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आम जनसमुदायमा माग अनुसारको पुँजी प्रवाह हुन नसक्दा व्यवसायीहरुमा आत्मविश्वास कम हुँदै गएको टिप्पणी गरेका छन् । आईतबार काठमाडौंमा आयोजित वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम समुद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले माग अनुसारको पुँजी प्रवाह हुन नसक्दा व्यवसायीहरुमा आत्मविश्वास कम हुँदै गएकाले प्रवाहलाई बढाउँनुको विकल्प नभएको बताएका छन् ।…