Logo

मुख्य समाचार

सेयर बजारमा ३१ अंकको पहिरो, सबै उपसमूह राताम्मे


GDP नेपाल
   ७ भाद्र २०८०, बिहिबार


बिहिबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ३१.५२ अंकले घटेर दुई हजार ०१३.९३ विन्दुमा पुगेको छ ।

बैंकिङ ११, विकास बैंक ८६, फाइनान्स ५१, होटल तथा पर्यटन १०१, जलविद्युत् ५३, जीवन बीमा २४२, उत्पादन ६६, माइक्रोफाइनान्स ५६, निर्जीवन बीमा २४३, अन्य १६ र व्यापार उपसमूह ४३ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको शेसेयर साढे आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २७५ कम्पनीको ४६ लाख ५७ हजार कित्ता सेयर एक अर्ब ५५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोल्टी होटलको सात करोड ८७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : ७ भाद्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह