ललितपुर महानगरले १० वटा सहकारी संस्था खारेज गरेको छ । महानगरले सूचना जारी गर्दै गत पाँच वर्षदेखि विवरण नबुझाएका, लेखा परीक्षण तथा साधारणसभा नगरेका सहकारी खारेज गरेको जनाएको छ । यसअघि महानगरले गत असार १५ मा एक सूचना निकाल्दै ३५ दिनभित्र ती सहकारीलाई सम्पर्कमा आउन आह्वान गरेको थियो। तर सो समय बितिसक्दा पनि सहकारीहरु सम्पर्कमा…