Logo

मुख्य समाचार

सेयर बजारमा ५७ अंकको पहिरो, लघुवित्त उपसमूहमा भारी गिरावट


GDP नेपाल
   ११ फाल्गुन २०७९, बिहिबार


बिहिबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ५७.७४ अंकले घटेर दुई हजार २२.६४ विन्दुमा पुगेको छ ।

बैंकिङ २४, विकास बैंक ५३, फाइनान्स ४२, होटल तथा पर्यटन ९८, जलविद्युत् ५८, जीवन बीमा २१८, उत्पादन १०२, निर्जीवन बीमा १९८, अन्य ३०, माइक्रोफाइनान्स ४१२ र ब्यापार उपसमूह ४५ अंकले घटेको छ ।

राष्ट्र बैंकले लघुवित्तको नियमनमा थप कडाइ गरेसँगै आज ३६ वटा लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ । यस्तै, नेपाल हाइड्रो डेभलपर्स कम्पनी र साम्लिङ पावर कम्पनीको सेयर भने चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस दिन २६० कम्पनीका ६३ लाख २६ हजार कित्ता सेयर २ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै छिमेक लघुवित्त वित्तीय संस्थाको ८ करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : ११ फाल्गुन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह