काठमाडौं । सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम नगद हस्तान्तरणजस्तो भएको भन्दै आलोचना गरेका पूर्व अर्थसचिव शान्तराज सुवेदीमाथि छानबिन गर्ने श्रममन्त्री गोकर्ण विष्टले चेतावनी दिएका छन् । विष्टले सचिव सुवेदीले अर्थ मन्त्रालयमा रहँदा गरेका निर्णय छानिबन गर्नुपर्ने सार्वजनिक कार्यक्रममै बताए । बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले भने– उहाँ अर्थसचिव हुँदा कस्ता कस्ता आयोजनामा उहाँले सम्झौता गर्नुभयो…