काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा कोभिड १९ सहायता केन्द्र स्थापना गरिएकोे छ । मुलुकमा बढदो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पु¥याउने उद्देश्यले महासंघले यस्तो केन्द्र स्थापना गरेको हो । महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको हालै बसेको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।…