काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलको घरमा चोरी भएको छ । जेनजी आन्दोलनका नाउँमा गत भदौ २४ गते जलाइएको कोटेश्वर सहयोगीनगरस्थित पोख्रेलको घर मर्मतका लागि ल्याइएका सामान लुटपाटकै शैलीमा चोरी भएको हो । पोख्रेलको घरबाट सय मिटरको दूरीमा प्रहरी चौकी रहे पनि करिब पाँच लाख बराबरको घर मर्मतका लागि ल्याइएका सामग्री चोरी भएको जनाइएको छ…