Logo

मुख्य समाचार

एमाले महासचिव शंकर पोख्रेलको घरमा चोरी; जलाइएको घरबाट फेरि ५ लाखका सामान हराए


gdpnepal
   ९ कार्तिक २०८२, शनिबार


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलको घरमा चोरी भएको छ ।

जेनजी आन्दोलनका नाउँमा गत भदौ २४ गते जलाइएको कोटेश्वर सहयोगीनगरस्थित पोख्रेलको घर मर्मतका लागि ल्याइएका सामान लुटपाटकै शैलीमा चोरी भएको हो ।

पोख्रेलको घरबाट सय मिटरको दूरीमा प्रहरी चौकी रहे पनि करिब पाँच लाख बराबरको घर मर्मतका लागि ल्याइएका सामग्री चोरी  भएको जनाइएको छ ।

”घरको मूल ढोका फोरेर डकैति गरिएको छ,” पोख्रेलका छिमेकी एवं अधिवक्ता शिव अर्यालले भने, ”राजधानीकै मुटुमा यस्तो निर्लज्ज डकैति हुनु भनेको शासन–सुरक्षाको असफलता हो।”

सरकारले यस प्रकारका चोरी डकैतीको संरक्षण गरिरहेको उल्लेख गर्दै उनले  अपराधी पत्ता लगाई कडा कारबाहीको माग गरेका छन् ।

 

प्रकाशित : ९ कार्तिक २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह