काठमाडौं । नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिखमा बिहान १०ः३० मा दौडिन निस्किएका मोरिस बेपत्ता भएपछि स्थानीय प्रहरीले उनको खोजी गरिरहेको थियो । ह्याम्पसायर प्रहरीले उहाँ नियमित कसरतका लागि जाने एलिस हल्ट जङ्गलमा उनको शव फेला पारेको बताएको छ ।…