नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले सञ्चार माध्यममा विभिन्न सङ्घसंस्थामा आफ्नो संग्लनता भएको भनी सम्प्रेषित समाचारप्रति ध्यानाकर्षण भएको जनाउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक), साथी नेपाल, सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नामी कलेज, उल्लेन्स स्कुल र ब्लड डोनर्स एसोसिएशन अफ नेपालबाहेक अरु कुनै पनि संस्थामा सल्लाहकार…