काठमाडौं । संविधान निर्माणपछि पहिलोपटक राष्ट्रव्यापी आम हडताल भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । संविधान निर्माणपछि छिटपुट बन्द आह्वान भए पनि पहिलोपटक यति शक्तिशाली बन्द भएको हो । दलहरुले बन्द हडताल नगर्ने प्रतिबद्धता जनाए पनि बन्द आह्वान गरेको भन्दै आलोचना भइरहेको…