सत्तारुढ गठबन्धनले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन ११ बुँदे व्याख्यात्मक टिप्पणी तयार गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको थियो । व्याख्यात्मक घोषणाका बुँदाहरु : १. कम्प्याक्टको सम्बन्धमा, कम्प्याक्टको पक्ष भएको कारण नेपाल संयुक्त राज्य अमेरिकाको ईन्डो-प्यासेफिक स्ट्राटेजी (Indo-Pacific Strategy) लगायतको कुनै पनि सामरिक, सैन्य…