सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा एकैचरणमा गर्ने निर्णय गरेको हो । बैठक अघि सरकारले निर्वाचन आयोगका पदाधिकारीसँग गरेको कुराकानिमा आयोगले वैशाख ३० गते निर्वाचनका लागि उपयुक्त हुने बताएको थियो ।