काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले हालै विद्यादेवी भण्डारीसँग जोडेर आएका समाचारहरुप्रति आपत्ति जनाएको छ । भदौ ११ गते राजधानीमा पार्टीको दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँग अनौपचारिक छलफल गरेका थिए । उक्त कार्यक्रमका सन्दर्भमा कतिपय अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण र मनगढन्ते समाचारहरू…