काठमाडौं । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै काठमाडौं आइपुगेका हुन् । उनलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुले स्वागत गरे ।नेपाल बसाइँको क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । साथै, उनले परराष्ट्रमन्त्री…