काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल बिहीबारबाटै बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले यस्तोे निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद चीन भ्रमणलगत्तै अमेरिकी लगानीका सामाजिक सञ्जाल कम्पनीहरु बन्द हुनु अर्थपूर्ण देखिएको छ । अमेरिका…