काठमाडौं, २१ चैत । संघीय संसद्को पहिलो अधिवेशनअन्तर्गत एक महिना चालु प्रतिनिधिसभामा नौ दिनसम्म गरी ११ पटक बैठक बसेको छ । पहिलो अधिवेशनको अन्त्यको घोषणापूर्व आजको बैठकमा सभामुख कृष्णबहादुर महराले सोबीचमा १५ घण्टा ३० मिनेट संसदीय काम कारबाही भएको जानकारी गराउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको पत्रअनुसार मंगलबार राति १२ बजेदेखि संघीय संसद्को पहिलो अधिवेशनको अन्त्य…