काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । शनिबार (चैत ३०) दिउँसो तनावपछि कर्फ्यु आदेश जारी गरिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ साढे ६ देखि आइतबार (चैत ३१) मध्याह्न १२ बजेसम्म लागु हुने गरी कर्फ्यु आदेश जारी गरेका छन् । “मिति २०८१/१२/३० गते साँझ ६ः३० बजेदेखि मिति २०८१…