काठमाडौं । ऊर्जा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रवल अधिकारीले राजीनामा दिएका छन् । विवादित मन्त्री दीपक खड्कासँगको मतभेदपछि उनले राजीनामा दिएका हुन् । अधिकारीले राजीनामाबारे सामाजिक सञ्जालमा यस्तो लेखेका छन्: उर्जा मन्त्रालयको दैनिकिबाट मैंले संघारमा आइपुग्दै गरेको नयाँ बर्षको सुरुवातसँगै विश्राम लिएको छु। होला, अर्को बिहानी पो कतै मेरैलागि प्रतीक्षारत छ कि! यात्रा सायद त्यस्तै…