काठमाडौं । ट्राफिक प्रहरीले नियमविपरीत सवारीसाधन चलाएमा १० हजारसम्म जरिवाना लाग्ने भन्दै काठमाडौंका सार्वजनिक स्थलमा सूचना राखेको छ ।
राजधानीका व्यस्त सडक नयाँ वानेश्वर, बबरमहल, माइतीघर तथा सिंहदरबार, रामशाहपथ लगायतका क्षेत्रका सडकको डिभाइडरमै यस्तो सूचना राखिएको हो ।
यसअघि लेन क्रस गरे १५ सय जरिवाना र १ घन्टा क्लासको सूचना राख्ने गरिएको स्थानमा अब भने १० हजार रुपैयाँसम्म जरिवानको कठोर प्रावधान चालकहरुलाई स्मरण गराइएको छ ।
प्रतिक्रिया