Logo

Banner-news

स्वास्थ्यका कारण देखाउँदै जापानी प्रधानमन्त्रीको राजीनामा, नेपालले के सिक्न सक्छ ?


GDP Nepal
   १२ भाद्र २०७७, शुक्रबार


काठमाडौं । जापानी प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण देखाउँदै पदबाट राजीनामा दिएका छन् । आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै उनले राजीनामा दिएका हुन् ।

जापानी प्रधानमन्त्रीले आफ्नो पदावधि पूरा गर्न नपाएकोमा जापानी जनतासँग क्षमायाचनासमेत गरेका छन् । ६५ वर्षिय उनी आन्द्राको समस्याबाट लामो समयदेखि पीडित छन् ।

सन् २०१२ देखि निरन्तर देशको कार्यकारी नेता रहेका आबे जापानी इतिहासमा सबैभन्दा लामो समय काम गर्ने प्रधानमन्त्री हुन् । उनको पदावधि २०२१ सम्म थियो ।

नेपालमा भने एकपटक प्रधानमन्त्रीको कुर्सीमा पुगिसकेपछि स्वास्थ्यअवस्था जस्तोसुकै भए पनि नछाड्ने चलन छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि हालका प्रधानमन्त्री केपी शर्मा ओलीका कारण महिनौंसम्म मुलुक अनिर्णयको बन्दी बनिरहँदा समेत उनीहरुले राजीनामा गर्नुपर्ने आवश्यकता महशुस गरेनन् ।

कोइरालालाई उनको पार्टी नेपाली कांग्रेस र ओलीलाई नेकपाले राजीनामाका लागि सुझाव दिनसमेत सकेन । नेपालमा पार्टीभन्दा व्यक्ति शक्तिशाली हुने र व्यक्तिले आफ्नो स्वास्थ्यका कारण मुलुकलाई जतिसुकै नोक्सानी भए पनि त्यसलाई परवाह नगर्ने प्रवृत्तिका कारण यस्तो अवस्था देखिन्छ । आफ्नो कारण जनताले कुनै समस्या भोग्नु नपरोस् भन्ने नैतिकता नेपालको नेतृत्वमा रहेको पाइँदैन ।

पछिल्लोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी ओली केही स्वस्थ देखिए पनि उनको स्वास्थ्यकै कारण मुलुकले विगतमा ठूलो क्षति बेहोरिसकेको छ । जबकि जापानी प्रधानमन्त्री आबेले यसअघि सन् २००७ मा पनि स्वास्थ्यकै कारण प्रधानमन्त्रीको पद छोडेका थिए ।

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह