Logo

सेयर बजार

सामान्य अंकले घट्यो सेयर बजार, २ अर्ब ३६ करोडको कारोबार


GDP नेपाल
   १३ बैशाख २०८१, बिहिबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ३.२४ अंकले घटेर एक हजार ९६५.९३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ २, विकास बैंक ७, होटल तथा पर्यटन २१, हाइड्रोपावर ११, उत्पादन ४७, माइक्रोफाइनान्स १४ र अन्य उपसमूह ५ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा ४३, निर्जीवन बीमा २०, फाइनान्स ६२ र ब्यापार उपसमूह ३ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै सबैको लघुवित्त वित्तिय संस्थाको सेयर ६ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आज मल्टीपरपस फाइनान्सको सेयर ९.९९ प्रतिशतले बढेको छ ।

यस दिन ३०३ कम्पनीको ६३ लाख कित्ता सेयर २ अर्ब ३६ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १३ बैशाख २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह