Logo

Banner-news

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण, होम आइसोलेसनमा


GDP Nepal
   ८ कार्तिक २०७७, शनिबार


काठमाडौं । पूर्व प्रधानन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ । भट्टराई र उनकी पत्नी तथा महिला नेतृ हिसिला यमीलाई पनि संक्रमण पुष्टि भएको भट्टराईले ट्वीट गर्दै जानकारी दिएका छन् ।

भट्टराई दम्पत्ति होम आइसोलेसनमै रहने छन् । उनले आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

केही दिनअघि भट्टराई तराईका विभिन्न जिल्लामा भीडभाड गर्दै पार्टी प्रवेश गराउँदा जोखिम मोलेको भन्दै आलोचना भएको थियो ।

भट्टराईले ट्वीटरमा लेखेका छन् ।
हिसिला र म दुबैलाई कोभिड १९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो । चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ ।

प्रकाशित : ८ कार्तिक २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह