Logo

Banner-news

पेट्रोलियम पाइपलाइनमा चोरीको प्रयास भए पनि सामान्य क्षतिमात्रः निगम


GDP Nepal
   २ माघ २०७७, शुक्रबार


काठमाडौं । नेपाल आयल निगमले नेपाल भारत पेट्रोलियम पाइपलाइनमा चोरीको प्रयास भए पनि सामान्य क्षतिमात्र भएको जनाएको छ । निगमले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन मार्फत नियमित रुपमा डिजेल आयात भइरहेको स्पष्ट पारेको छ ।

पाइपलाइन खण्डअन्तर्गत पर्ने विहार प्रान्तको लकड़ी नबीगञ्ज क्षेत्रको डुमरा गाउँको नजिक डिजेल चोरीको प्रयास भए पनि कुनै क्षति नभएको जानकारी आएको निगमले जनाएको हो । शुक्रबार विभिन्न सञ्चारमाध्यममा पाइपलाइन फोडेर इन्धन चोरी भएको समाचार सार्वजनिक भएपछि निगमले इण्डियन आयल कर्पोरेशनको मोतिहारी कार्यालयसँग सम्पर्क गर्दा उक्त पाइपलाइनबाट डिजेल चोरीको प्रयास गरिएको तर त्यसको कारणबाट कुनै ठूलो परिमाणमा क्षति नभएको जानकारी प्राप्त भएको जनाइएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले एक विज्ञप्ति जारी गर्दै पाइपलाइनमा कुनै समस्या नआएको भन्दै निरन्तर तोकिएको परिमाणमा डिजेल आयात भइरहेको बताए । उनका अनुसार पाइपलाइनबाट प्रतिघण्टा दुई लाख ५० हजार लिटर डिजेल आयात भइरहेको छ ।

पाइपलाइन सुरक्षाको सम्पूर्ण जिम्मा भारतीय पक्षको भएको भन्दै नेपाललाई कुनै पनि नोक्सानी नभएको जनाइएको छ । २०७६ भदौ २४ गते नेपालका प्रधानमन्त्री केपीशर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा पाइपलाइनको उद्घाटन गरेका थिए ।

भारतमा पाइपलाइन सुरक्षाका लागि छुट्टै सुरक्षा निकाय छ भने नेपालमा कानुन नबन्दा नेपाली सेनालाई पाइपलाइन सुरक्षाको जिम्मा दिइएको छ ।

प्रकाशित : २ माघ २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह